काठमाडौं – नेपाली काङ्ग्रेसले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका अनुसार यूरोप क्षेत्रमा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई जिम्मेवारी दिइएको छ ।

एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । भने अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

एनआरएनएको दशौं महाधिवेशन आगामी कात्तिक ६,७ र ८ गते हुँदैछ । काङ्ग्रेसले यसअघि नै सङ्घको निर्वाचनमा लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि काङ्ग्रेसले जनाएको छ ।

No description available.