काठमाडौं –आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं एक, प्रदेश नं दुई र बागमती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

साथै प्रदेश नं एक र प्रदेश नं दुईका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं एक र प्रदेश नं दुईका केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ । अहिले बिहान प्रदेश नं एक, प्रदेश नं दुई तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं एक र प्रदेश नं दुई का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं एक र प्रदेश नं दुईका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं एक तथा प्रदेश नं दुई का थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको महाशाखाले जनाएको छ ।