काठमाडौं – नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीच सिधा हवाई उडानमा चासो देखाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उहाँले यस्तो चासो देखाउनुभएको हो ।

नेपालबाट २७ किलोमिटर टाढा रहेको बङ्गलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताउनुभयो । उहाँले विराटनगर विमानस्थलबाट नेपाल–बङ्गलादेशीबच हवाई उडानको सम्भावना रहेको बताउनुभएको हो ।
दुई देशबीच सिधा हवाई सुरु भएमा द्विपक्षीय व्यापार वृद्धि हुने समेत उहाँको भनाई थियो ।