काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओलीको कुम्भमेला’ भन्नुभएको छ । उहाँले यसलाई निभ्ने बेलाको चमकका रुपमा चित्रित गर्नुभएको छ ।

डा. भट्टराईले गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको क्रममा सहभागीले उचालेको ओलीको तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गर्नुभएको हो । डा.भट्टराईले लेख्नुभएको छ, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’