काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको परीक्षणमा १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ सय ३८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार १ सय १५ जना रहेको छ ।