काठमाडौं – नेपालमा (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसी बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसद्बाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका निम्ति एमसीसीको उच्चस्तरीय टोलीले आश्विन महिनाको सुरुवातमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिएको थियो ।

गत भाद्र २४ गते एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी एमसीसी तत्काल अनुमोदन गर्न आग्रह गर्नुभएको थियो । एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।