पछिल्लो २४ घण्टामा देशभर १८ हजार १ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कुल कोरोना सङ्क्रमितको एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५ सय ५५ जना र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ जना पुगेको छ ।

आज मात्रै १ हजार २ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १ सय ३५ जना पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ७ लाख ६५ हजार ७ सय ५८ जना निको भएर घर फर्किसकेका छन् । यस्तै हाल देशभर १८ हजार १ सय ६८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर आईसीयूमा ३ सय ५३ र भेन्टिलेटरमा १ सय १७ जना उपचाररत छन् यस्तै १ हजार ३ सय ६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन्