प्रतीकात्मक तस्वीर
काडमाडौं —बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिम्रौनगढ नगरपालिका–१ निवासी जितन मुखियाकी छोरी ६ वर्षीया सुमन कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।हिजो परेको जितिया पर्वको अवसरमा उनी सोही स्थानमा रहेको पोखरीमा आमासँगै नुहाउन गएकी थिइन् । त्यही क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

बालिकाको शव सिम्रोनगढ अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो