काठमाडौं – राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद् सचिवालयले आगामी आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एक दिन पर धकलेर आगामी सोमबारका लागि सारेको हो ।

सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

संसद्मा नेकपा एमालेले सङ्घीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्राही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।