काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलिमा नै मन्त्रालयको भागबण्डा टुङ्गो लाग्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुङ्गिँदैछ ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, गठबन्धन सरकारले पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’