काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।
बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर जस्ता नारा लगाएर बैठक अवरोध गरेका छन् । एमालेको अवरोध बीच पनि सभामुखले बैठकलाई अगाडि बढाउनुभएको छ ।