काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टी परित्याग गर्नुभएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्य रहनुभएका लेखीले पार्टीका सबै जिम्मेबारीबाट राजीनामा दिनुभएको हो । अध्यक्ष महन्थ ठाकुरलाई उनले आफ्नो राजीनामा पत्र बुझाइसकेका छन् ।

नयाँ राजनीतिक यात्राको थालनी गर्ने भन्दै उहाँले पार्टीबाट राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।