काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

आज बिहान सर्वदलीय बैठक बोलाउनुभएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको हो । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक नै भएको बताउनुभयो । उहाँका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।