काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरी तीन मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो ।

उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको बताइएको छ । यसअघि पनि यो मुद्दा संवैधानिक इजलासमा राखिएकामा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो ।