काठमाडौं – आज संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदैछ । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरको पेसीमा राखिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा रहेका छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै मुद्दा परेको थियो । मृतक लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेको भन्दै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।