काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।

माओवादीको केन्द्रको स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्नुभएको छ । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दै छ । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा रहनु भएको छ ।