काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको लगिने भएको छ । उहाँलाई भोलि बिहान थाइल्याण्ड लगिने पारिवारिक स्रोतले जनाएको छ । उहाँ भोलि बिहान आठ बजे बैंकक प्रस्थान गर्ने हुनुभएको छ ।

नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उहाँलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँले उपचार गराउनुभएको थियो । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो ।