जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन हुनुभएको छ । जनकपुरधाममा हिजो सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिनुभयो ।

संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।