काठमाडौं – दसैँ तिहारका लागि आगामी असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् । तर, दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।

पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दसैँ तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।

सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

यस्तो छ समायोजित नयाँ भाडादर