काठमाडौं –पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालाबाट १० हजार ५ सय ७५ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १ सय ३ जना र ५ हजार १ सय १५ जनामा एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१ पुगेको छ ।

यस्तै पछिल्लो १ हजार ५ सय ५० जना सङ्क्रमणबाट निको भएका छन् । शुक्रबार थपिएको सङ्ख्यासँगै नेपालमा कोरोना भाइसरबाट सङक्रमित हुनेको कुल सङ्ख्या ७ लाख ८९ हजार ८ सय ७२ पुगेको छ । तर, ७ लाख ५८ हजार ५ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय सङक्रमितको सङ्ख्या २० हजार २ सय ८७ जना रहेका छन् । जसमध्ये १८ हजार ९ सय ६९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३ सय १८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यसबाट सङ्क्रमित बिरामीहरुमध्ये ३ सय ४७ जना आईसीयू र १ सय ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तैगरी १० वर्ष मुनिका ३४ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९४ जना कोरोना भाइरसबाट सङक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा २ सय ५६, कास्कीमा १ सय १७, ललितपुरमा ७३, सुनसरीमा ७२, मोरङमा ६२, चितवनमा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तैगरी रुपन्देहीमा ३९, भक्तपुरमा ३५, बाँकेमा १६, स्याङजामा १५, काभ्रे, बर्दिया र कैलालीमा १४÷१४ जना, तनहुँमा १३, इलाममा १२, नुवाकोट र सुर्खेतमा ११÷११ जना तथा धादिङ, मकवानपुर र दाङमा १०÷१० जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।