प्रतिकात्मक तस्वीर
काठमाडौं — ठमेलको विहानी होटलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।

विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।


उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।


सोधपुछका लागि विहानी होटलको तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।