काठमाडौं – समाज कल्याण परिषद्का वर्तमान पदाधिकारीहरूद्वारा सामूहिक राजीनामा दिइएको छ । परिषद्का पदाधिकारीहरुले हिजो बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

समसामयिक परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषद्का सदस्य सचिव पुष्कर खातीले जानकारी दिनुभएको छ । राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको उहाँले बताउनुभयो ।