काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आगामी दसैँसम्म आइपुग्ने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने जानकारी गराउनुभयो । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

आगामी कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने उहाँको भनाइ छ । पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने गरी अहिले कार्यक्रम सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।