काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने भएको छ ।

बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।