काठमाडौं – सरकारले चाडवाड लक्षित गरेर दसैँका बेला कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोली बनाएर बजार अनुगमन थालिएको हो ।

आपूर्ति मन्त्रालयका अनुसार ६ वटा टोलीले काठमाडौं उपत्यकाका विभिन्न बजारको अनुगमन गर्नेछन् । दैनिक उपभोग्य वस्तु, खाद्यान्नलगायतमा हुनसक्ने मूल्यवृद्धि, कृत्रिम अभावको निगरानी गर्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिनुभएको थियो ।

खासगरी चाडपर्वको मौका छोपेर कतिपय व्यापारीले मूल्य बढाउने, कृत्रिम अभाव सिर्जना गरी फाइदा लिनेजस्ता काम गर्ने गरेकाले बेलैमा अनुगमन टोली बनाएर काम थालिएको उपभोक्ता हिज संरक्षण विभागले जनाएको छ ।