काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल काङ्ग्रेसको पिछालागेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी काङ्ग्रेसको पिछा लाग्नु मात्रै भएको आरोप लगाउनुभएको हो ।

‘मैले कता पढ्दै थिएँ, माधव नेपाल नेतृत्वको पार्टी हाम्राविरुद्ध लड्ने रे,’ उहाँले भन्नुभयो ‘आफू काङ्ग्रेसको पछिपछि हिँड्नु छ अनि हामी (एमाले) दक्षिणपन्थी पार्टी अरे अनि हाम्रा विरुद्ध लड्ने रे !’ अध्यक्ष ओलीले माधव नेपाल समूहले सत्ताको दुरुपयोग गरेर पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।