फाइल तस्वीर

काठामाडौं – नेपाली काङ्ग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा निर्धारित मितिमै पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । आज बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सकिसकेका जिल्लामा ९ असोजमै गाउँ र पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

‘वडा अधिवेशन जहाँ जहाँ सम्पन्न भइसकेका छन् । त्यहाँ ९ असोजमै पालिकास्तरीय अधिवेशन हुन्छ । त्योसँगसँगै यही समयभित्र क्रियाशील सदस्यता नटुङ्गिएका जिल्लाको विवाद पनि मिलाउने प्रयास हुन्छ,’ उहाँले भन्नुभयो ।

काङ्ग्रेसका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद कायमै छ । प्रवक्ता शर्माले गाउँ र पालिकास्तरीयबाहेक अन्य तहको अधिवेशनको टुङ्गो निर्वाचन समितिले निर्धारित समयभित्रै गराउने गरी उपयुक्त समयावधि तोक्ने बताउनुभयो ।