काठमाडौं —पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ११ हजार ७६ पीसीयार तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ ।
आज देशभरबाट ७ लाख ५५ हजार ६ सय ३० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर २१ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुुनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ ।
यस्तै आज काठमाडौं उपत्यकामा १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।