फाइल तस्वीर

काठमाडौं – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । अहिले साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाइएको हो । गठबन्धनका एक नेताले बताए ।

हिजो साँझ बसेको गठबन्धनको बैठकले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । अब आजको बैठकले बाँकी मन्त्रीको टुङ्गो लगाउन सक्ने स्रोतले बताएको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र रहेको छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहनुभएको छ । सम्भवत छिटै मन्त्रिपरिषद् विस्तारको टुङ्गो लाग्नेछ ।