काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा।नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण गर्नु भएको छ । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।


परराष्ट्रमन्त्रीमा नियुक्त हुनु भएका मन्त्री खड्का आजै बेलुका संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क जाँदै हुनुहुन्छ । नवनियुक्त मन्त्री खड्काले राष्ट्रसङ्घीय महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाएको छ ।


पदभार ग्रहणकै क्रममा पत्रकारहरुले सोधेको एक प्रश्नमा नवनियुक्त मन्त्री खड्काले न्यूयोर्कमा हुन लागेको महासभामा भागलिन जान लागेको भन्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना अहिले आफ्नो प्राथमिकतामा नरहने बताउनु भएको छ । मन्त्री खड्काले ‘राष्ट्रसङ्घ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन’ भन्नु भएको छ ।