काराबाओ कप (ईएफएल) फुटबलमा मङ्गलबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले ६–१ गोल अन्तरले शानदार जित निकालेको छ । उक्त खेलमा सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलमा बर्नाडो हलान्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गर्दा केभिन डी ब्रोएना, फिल फोडिन, टोरेस र पाल्मरले एक–एक गोलको साझेदारी गरेका थिए । म्यान्चेटर सिटी कारबाओ कपमा सन् २०१६ यता अपराजित रहँदै आएको छ । यो जितसँगै सिटीले अन्तिम १६ मा स्थान समेत बनाएको छ ।