काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजन पोखरेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त हुनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

अनिवार्य अवकास पाउने तयारीमा रहनुभएका पोखरेलले हिजो मङ्गलबार साँझ पदबाट राजीनामा दिनुभएको थियो । १२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक हुनुहुन्थ्यो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उहाँ २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा कार्यरत रहनु भएको थियो । उहाँसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि रहेको छ ।