काठमाडौं – दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का परराष्ट्र मन्त्रीहरुको साइडलाइन वार्ता यो वर्ष नहुने भएको छ । शनिबारका लागि तय भएको साइडलाइन वार्ता स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एनडीटीभीका अनुसार पाकिस्तानले तालिवानलाई सहभागी गराउनुपर्ने अडान राखेको थियो । भारतसहित अन्य राष्ट्रले यसमा असहमति जनाएको समाचारमा उल्लेख छ । विवाद भएपछि आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको थियो ।