काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ तथा एन्टिजेन विधिबाट १ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५ सय ४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल देशभर २२ हजार ३ सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८ सय ९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४ सय ३२ जना, सघन उपचार कक्षमा ३ सय ७१ जना भेन्टिलेटरमा १ सय ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यही अवधिमा थप २ हजार ९ सय ५७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ हजार १९२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ८८ हजार ५ सय १७ जना पूर्ण मात्रा खोप लगाएका छन् भने ६२ लाख १५ हजार ८ सय ५६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।