फाइल तस्वीर

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठकमा आगामाी असोज १५गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ । आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने तामाङले बताउनुभयो । संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पनि बताइएको छ ।