फाइल तस्वीर

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयनका लागि न्यायालय सधैं क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
संविधान दिवसका अवसरमा आज प्रधानन्यायाधीश जबराले शुभकामना सन्देश दिँदै, ‘संविधान, संविधानवाद एवं संवैधानिक मूल्य मान्यतालाई आत्मबोध गर्दै संवैधानिक जिम्मेवारी तथा नागरिकप्रतिको उत्तरदायित्वको भावनाका साथ न्याय निरुपणको माध्यमबाट संवैधानिक गतिरोध अन्त्यका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।’

संविधानको कार्यान्वयनका लागि न्यायालय सक्रिय रहनेसमेत प्रधानन्यायाधीश राणाको भनाइ छ । संविधान दिवसका अवसरमा जारी सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको सक्षम न्यायपालिका तथा विधिको शासनको मर्म एवं भावनाअनुरुप संविधानको कार्यान्वयनका लागि न्यायपालिका सधैं क्रियाशील रहने विश्वास समेत दिलाउन चाहन्छु ।’

प्रधान न्यायाशीधको शुभकामना सन्देशमा भनिएको छ, ‘संविधानको सबल कार्यान्वयनमा आजको विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ संविधान दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

शुभकामना सन्देश :