काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण यस्ता सामाजिक र सांस्कृतिक परम्परालाई पराम्परागत रुपमा आपसी भेटघाट, उपस्थिति र समारोहका साथ मनाउन कठिनाइ भए तापनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न स्वाास्थ्यका मापदण्ड पालना गरेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले यस पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचको आपसी सम्बन्धमा विश्वास, सद्भाव, सहिष्णुता, सहयोग र भाइचाराको भावनालाई सबल बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिनुभएको छ ।

उहाँले प्राचीन सभ्यता र संस्कारको अद्भूत संगमको इतिहास बोक्दै पुस्तौंदेखि चलिआएको यस पर्वले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैमा शक्ति तथा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।