धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री नियुक्त हुने हुनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङ र माया तामाङ बोहरालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।

मुख्यमन्त्री भट्टले तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । आजसाँझसम्ममा नै उहाँहरूलाई पद तथा गोपनीयताको सपथ लिने तयारी रहेको बताइएको छ । तारा लामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुनुहुन्छ भने बोहरा बझाङबाट समानुपातिक सांसद हुनुहुन्छ ।