काठमाडौं – आगामी असोज ४ गतेदेखि काठमाडौं जिल्लामा भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आगामी सोमबार, मङ्गलबार र बुधबार गरी ३ दिनसम्म भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइंदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ढ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।

काठमाडौंको खोपकेन्द्र सूची तल हेर्नुहोस्