काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ५१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस्तै थप १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

यस्तै हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६ सय ५९ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५ सय ६६ जना निको भएर घर फर्किएका छन् । हाल देशभर २५ हजार ४ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।