फाइल तस्वीर

धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा आज नै प्रमुख सचेतकमा नियुक्त गर्नुभएको छ । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो । १४ सांसदसहित प्रदेशसभामा सबैभन्दा ठूलो दलका हैसियतमा सोही भवनमा कार्यालय स्थापना गरिएको एकीकृत समाजवादीले जनाएको छ ।