काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १ हजार ५ सय ११ जना सङ्क्रमित थपिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा ११ जनाको मृत्यु भएको छ । हाल देशभर २५ हजार ७ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।