काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १६ हजार ८ सय ४४ जनामा गरिएको प्रयोगशालामा १ हजार ७ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै आज ४ सय ९५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २ सय २० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सोहि अवधिमा ७ जनाको मृत्यु भएको छ ।