धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन हुनुभएको छ । आज एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उहाँलाई सर्वसम्मत चयन गरेको हो ।

दलको नेताका लागि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारा लामा तामाङ आकाङ्क्षी देखिए तापनि नेकपा सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन गरेको हो ।