काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जना कोभिड सङ्क्रमित थपिएका छन् । १४ हजार ४ सय ४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५ सय ६२ जनामा कोरोना भाइरसका सङ्क्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको संख्या २६ हजार २ सय २ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।