काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिक विषयवस्तुमा केन्द्रित भएर छलफल हुनेछ । सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने बताइएको छ ।