काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । नेकपा एमालेले लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो सोमबार सर्वदलीय बैठक आयोजना गरेता पनि एमालेले भने उक्त बैठक बहिष्कार गरेको थियो ।

नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।