काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार २ सय ६० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३ सय १२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७ सय १७ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ९ सय ६५ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको कुल संख्या २६ हजार ६ सय ३० पुगेको छ ।