काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १ सय ६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६ सय ९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल २६ हजार ७ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ४ सय ५४ जनाको सघन उपचार कक्ष र १ सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २३ जना निको भएर घर फर्किएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ३९ हजार ४ सय ५७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १० हजार ९ सय ४९ रहेको छ ।