काठमाडौं – प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ । छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन् । भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले नारावाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सदन रोकिएको समयलाई सदुपयोग गर्दै छलफलका लागि एमाले सांसद सभामुखको च्याम्बरमा पुगेका हुन् ।